काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार संस्थामा रहेका ३५ वर्ष भित्रका युवा सदस्यहरुलाई लक्षित गरी फाइनान्सियल फिटनेस् कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाले ग्लोवल मनी वीक २०२३ को अवसरमा फाइनान्सियल फिटनेस् कार्यक्रमका सहभागीहरुलाई वित्तीय स्वस्थताको लागि ज्ञान, सीप र धारणामा सुधार गर्ने विभिन्न उपायहरुको बारेमा प्रशिक्षण दिईएको थियो ।
मानिसहरुको वित्तीय जीवन समृद्ध बनाउनको लागि तय गर्नुपर्ने वित्तीय लक्ष्य, लक्ष्य पुरा गर्न आवश्यक प्रवल ईच्छाशक्ति, मानिसका सपना र सपना पछ्याउन सक्ने खुबी र रुपैया पैसाको ७ सुनौला नियमहरुको बारेमा सहभागीहरुलाई जानकारी गराईएको थियो ।
युवाहरुलाई सानै उमेरदेखि वित्तीय रुपमा सचेत गराउँदै सही वित्तीय निर्णय गर्न र आफ्नो वित्तीय लक्ष्यहरु हासिल गर्ने कार्यमा अभ्यस्त बनाउनका लागि वित्तीय लक्ष निर्धारण गर्न, आफुसंग उपलब्ध श्रोत साधनमा सिमित रहन, बचतलाई बानीकै रुपमा विकास गर्न, बुद्धीमतापूर्ण तरिकाले ऋण लिन, लागत तुलना गरेर मात्र खर्च गर्न, रुपैयाँ पैसालाई सक्रिय बनाउन र जोखिमलाई न्यूनीकरण गर्न सल्लाह दिईएको थियो ।
त्यसैगरी उक्त कार्यक्रममा सहभागीहरुलाई वित्तीय लक्ष्य निर्धारण गर्ने प्रकृयाहरु, खर्च व्यवस्थापन गर्ने ट्राफिक नियम, आम्दानीबाट बचत गरी बाँकी रहेको रकम खर्च गर्ने तरिका, बुद्धिमतापूर्ण ऋण लिने तरिका, रुपैया पैसालाई सक्रिय बनाउने जुक्ति, ८०/२० को परेटो सिद्धान्त, जोखिम युक्त अवस्थाको तयारी गर्ने तरिका सिकाईएको थियो ।
युवाहरुमा रुपैयाँ पैसा सम्बन्धी विश्वव्यापी सचेतना अभिबृद्धि गर्ने अभियान हो । युवाहरुलाई सानै उमेरदेखि वित्तीय रुपमा सचेत गराउँदै सही वित्तीय निर्णय गर्न र आफ्नो वित्तीय लक्ष्यहरु हासिल गर्न आवश्यक ज्ञान,सीप र धारणाहरु विकास गर्नको लागि यो अभियान सञ्चालित छ ।
यस अवसरमा संसार भरी युवाहरुलाई वित्तीय साक्षरताका कृयाकलापहरुमा जोड्ने कार्यहरु भईरहेका छन् । यसै सन्दर्भमा नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निर्वारण मन्त्रालय सहकारी विभागबाट २०७९ चैत्र १ गते सूचना जारी गरी युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम आयोजना गरी ग्लोवल मनी वीक २०२३ मनाउन सूचित गरिएको थियो ।
Comment