नेप्सेमा २ वटा कम्पनीको आईपिओ सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा २ वटा कम्पनीको आईपिओ सुचिकृत



काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज बुधबार २ वटा कम्पनीको आईपिओ सुचिकृत भएको छ। आज एशियन हाइड्रोपावर लिमिटेड र कालिन्चोक दर्शन लिमिटेडको शेयर सुचिकृत भएको हो ।

आज एशियन हाइड्रोपावरको ३४ लाख कित्ता शेयर र कालिन्चोक दर्शन लिमिटेडको ६० लाख कित्ता शेयर सुचिकृत भएको हो । आज शेयर सुचिकृत भएसँगै बिहिबारबाट यी शेयर खरिद बिक्री गर्न सकिने छ ।

नेप्सेले एशियन हाइड्रोको पहिलो कारोबारको लागि ९९.६० रुपैयाँ देखि २९८.८० रुपैयाँ सम्मको रेन्ज तोकिएको छ । यस रेन्ज बीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुनसक्ने छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ । अब बिहिबारको स्पेसल प्रि ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको शेयर कारोबार हुने छ । कम्पनीको AHL सिम्बलबाट कारोबार हुने छ ।

त्यस्तै नेप्सेले कालिन्चोक दर्शन लिमिटेडको पहिलो कारोबारको लागि ७८.१५ रुपैयाँ देखि २३४.४५ रुपैयाँ सम्मको रेन्ज तोकिएको छ । यस रेन्ज बीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुनसक्ने छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ । अब बिहीबारको स्पेसल प्रि ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको शेयर कारोबार हुने छ । कम्पनीको KDL सिम्बलबाट कारोबार हुने छ।

प्रकाशित : ८ चैत्र २०७९, बुधबार १३:४७