राष्ट्रिय सहकारी बैंकमा २३.८२ प्रतिशत तरलता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्रिय सहकारी बैंकमा २३.८२ प्रतिशत तरलता



काठमाडौं । राष्ट्रिय सहकारी बैंकले चालु आर्थिक वर्षको फागुन मसान्तको अपरष्किृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार यस अवधिमा बैंकको कुल सम्पति ५१ अर्ब ५८ करोड ३५ लाख ४३ हजार ८०० रुपैंया पुगेको हो ।

त्यस्तै, यस अबधिमा बैंकको तरलता रकम १० अर्ब ३५ करोड ७५ लाख रुपैयाँ अर्थात् २३.८२ प्रतिशत तरलता रहेको छ।

फागुन मसान्सम्म सहकारी बैंकमा कुल शेयर सदस्यहरुको संख्या १५ हजार ८४५ रहेको छ भने कुल ऋणी सहकारी सदस्यको संख्या २ हजार ५३८ रहेको छ ।

उक्त वित्तीय विवरण अनुसार हाल बैंकको शेयरपुँजी २ अर्ब ९४ करोड २७ लाख रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा एक अर्ब ४ करोड ९९ लाख, कुल बचत ४३ अर्ब ४८ करोड ५९ लाख, ऋण लगानी ३३ अर्ब ८९ करोड ९० लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, समिक्षा अवधिमा बैंकको कुल संस्थागत पुँजी एक अर्ब १३ करोड ७१ लाख, विभिन्न कोषको जम्मा रकम ६९ करोड र कुल सम्पत्ति ५१ अर्ब ५८ करोड ३५ लाख रुपैयाँ रहेको छ ।

प्रकाशित : ६ चैत्र २०७९, सोमबार १७:०८