सेयर बजारमा देखियो सुधारको संकेत, २२.६५ अंकले बढ्यो बजार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा देखियो सुधारको संकेत, २२.६५ अंकले बढ्यो बजार



काठमाडौं । सेयर बजारमा सुधार हुने संकेत देखाएको छ । सोमबार नेप्से सूचक २२.६५ अंकले बढेर १९४९.०६ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स २.९५ अंकले बढेको छ भने फ्लोट इन्डेक्स १.४८ अंकले बढेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८९ अंकले बढेको छ ।

२५८ कम्पनीको ५२ लाख ५५ हजार ८६ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब २९ करोड ८५ लाख ८३ हजार ९८८ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा लामो समयपछि सबै समूहको उपसूचकमा हरियाली छाएको छ । जसमा बैंकिङ समूहको ५.५६, विकास बैंक ६२.९४, वित्त कम्पनी २६.६३, होटल ६१.५१, जलविद्युत ५६.५९, जीवन बीमा ९४.३१, उत्पादन तथा प्रशोधन ३६.०६, माइक्रोफाइनान्स १५, निर्जीबन बीमा ८३.५०, अन्य समूहको २८.८३, ट्रेडिङ समूहको उपसूचक ९८.८७ अंकले बढेको छ ।

नेप्सेका अनुसार सोमबार युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमुल्यमा सकारात्मक सर्किट लागेको छ । साथै, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताहरुले भने आज सर्वाधिक गुमाएका छन् । कारोबार रकमका आधारमा आइएमई जनरल इन्स्योरेन्सको सबैभन्दा बढी भएको छ । आज कम्पनीको ७ करोड ६३ लाख ९२ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : 20 March, 2023 3:37 pm