काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार ओरालो लागेको छ । बजार मापन गर्ने सूचक ६.९० अंकले घटेर परिसूचक १९२६.४० बिन्दुमा रोकिएको हो। त्यस्तै, सेन्सेटिभ इन्डेक्स १.५२ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.५८ अंकले घटेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६६ अंकले घटेको छ ।
आज कारोबार भएका २५९ कम्पनीको ३१ लाख ६३ हजार ३८९ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ६ करोड ९८ लाख ४ हजार ८२५ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा होटल २६.६३, जलविद्युत ६.८१, जीवन बीमा समूहको उपसूचक २.७२, ट्रेडिङ समूहको उपसूचक २.६१ अंकले बढेको छ । साथै, बैंकिङ समूहको उपसूचक ६.७२, विकास बैंक १५.२९, जीवन बीमा ६३.९१, उत्पादन तथा प्रशोधन ४९.११, माइक्रोफाइनान्स समूहको उपसूचक ३७.६८ अंकले घटेको छ ।
आज मानुषी लघुवित्त, युनिक नेपाल, शुभम पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै सानिमा ग्रोथ फण्डका लगानीकर्ताले भने सर्वाधिक गुमाएका छन् । कारोबार रकमका आधारमा हिमालयन डिस्ट्रिलरीको सबैभन्दा बढी भएको छ । कम्पनीको ६ करोड १० लाख ९८ हजार ६३३ रुपैयाँको सेयर किनबेच भएको छ ।
Comment