नेको इन्स्योरेन्स हकप्रद कहिले भर्ने ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेको इन्स्योरेन्स हकप्रद कहिले भर्ने ?



काठमाडाै १४ माघ । नेको इन्स्योरेन्सले पूँजी वृद्धिका लागि निष्काशन गर्न लागेको शतप्रतिशत हकप्रदको मिति तोकेको छ । इन्सयेरेन्सले एक सय रुपैंया अंकित मूल्यमा एक बराबर एकको अनुपातमा ३२ लाख ४० हजार चार सय ३६ कित्ता सेयर निष्काशन गर्ने मिति तोकेको हो । पुस १४ गते सेयरधनी पुस्तिका बन्द गरेको कम्पनीको पुस १३ गतेसम्ममा सेयर किनेका लगानीकर्ताले हकप्रद भर्न पाउने छन् ।

नेकोले आगामी फागुन ३ देखि चैत ७ गतेसम्म हकप्रद निष्काशन गर्न लागेको हो । अहिले चुक्ता पूँजी ३२ करोड ४० लाख ४३ हजार रुपैंया रहेको कम्पनीको हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी ६४ करोड ८० लाख ८७ हजार दुई सय ६४ रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको कमाईबाट बितरण गरेको २० प्रतिशत बोनस समेत गरी इन्स्योरेन्सको चुक्ता पूँजी ७० करोड रुपैंया नाघ्नेछ ।

इन्स्योरेन्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ । कम्पनीको सेयर भएकाहरुले एनएमबि क्यापिटल नागपोखरी, नक्साल तथा एनएमबि बैंकका कलंकी, सूर्यविनायक भक्तपुर, कुमारीपाटी ललितपुर, तीनदोबाटो बनेपाबाट हकप्रदको आवेदन गर्न सक्नेछन् । त्यसै गरी एनएमबि बैंकको आदर्शनगर वीरगन्ज, मिलनचोक बुटवल, बसपार्करोड धनगढी, भानुचोक जनकपुर, न्यूरोड पोखरा, नारायणगढ चितवन, सुर्खेतरोड नेपालगन्ज, रंगेलीरोड बिराटनगर, महेन्द्रपथ धरान र बिर्तामोड झापाबाट पनि लगानीकर्ताले हकप्रदको आवेदन गर्न सक्ने बताइएको छ ।

प्रकाशित : १४ माघ २०७३, शुक्रबार ०९:३९