नयाँ सारथी र विजय लघुवित्तको मर्जरलाई राष्ट्र बैंकको सैद्धान्तिक सहमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

बैंक / वित्त

नयाँ सारथी र विजय लघुवित्तको मर्जरलाई राष्ट्र बैंकको सैद्धान्तिक सहमति

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ सारथी लघुवित्त र विजय लघुवित्तबीचको मर्जर प्रक्रियालाई सैद्धान्तिक सहमति दिएको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३को दफा ७० र बैंक तथा वित्तीय संस्था एक आपसमा मर्जर तथा एक्विजिसनसम्बन्धी विनियमावली, २०७३ (पाँचौँ संशोधन २०७९)बमोजिम नयाँ सारथी लघुवित्त र विजय लघुवित्तबीचको मर्जर प्रक्रियालाई सैद्धान्तिक सहमति प्रदान गरेको हो।

यी दुवै लघुवित्तबीच गत मंसिर २६ गते मर्जरमा जाने प्रारम्भिक समझदारी भएको थियो। यी दुवै लघुवित्त नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत छन्।

मर्जरमा जाने प्रारम्भिक सम्झौतासँगै नेप्सेले दुवै लघुवित्तको आधारभूत सेयरधनीहरुको सेयर कारोबार रोक्का गरेको छ।

प्रकाशित : ३ चैत्र २०७९, शुक्रबार १०:४९ 17 March, 2023 10:49 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।