शेयर बजारको ओरालो यात्रा कायमै, १ अर्ब १६ करोडको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

शेयर बजारको ओरालो यात्रा कायमै, १ अर्ब १६ करोडको कारोबार



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार ओरालो लागेको छ । आज बजार ५.३२ अंकले घटेर परिसूचक १९३३.३१ बिन्दुमा पुगेर बन्द भएको हो।

२५८ कम्पनीको ३४ लाख २ हजार २६७ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १६ करोड २५ लाख ३ हजार ५१५ रुपैयाँको सेयर कारोबार भएको छ।

आज कारोबार भएका जलविद्युत समूहको ०.२५, अन्य १.६७ र ट्रेडिङ समूहको २९.२५ अंकले बढेको छ । साथै, बैंकिङ समूहको उपसूचक १४.३७, विकास बैंक ४.९५, वित्त कम्पनी १४.३८ होटल ३५.२९, जीवन बीमा ३४.३९ उत्पादन तथा प्रशोधन ६.३८ माइक्रोफाइनान्स ३२.५१, निर्जीबन बीमा २१.८७ अंक घटेको छ ।

नेप्सेका अनुसार बिहीबार युनिक नेपाल लघुवित्त र सुभम पावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने किसान लघुवित्त र विन लघुवित्तको पनि ४ प्रतिशतले बढेको छ।यता लक्ष्मी लघुवित्तको सबैभन्दा धेरै ५.७६ प्रतिशतले घटेको छ भने नयाँ सारथि लघुवित्त, प्रभु लाइफ, ग्रिन डेभलपमेन्ट बैंकको पनि शेयरमूल्य ४ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज एनआईसी एशिया बैंकको सबैभन्दा बढी भएको छ । कम्पनीको आज ४ करोड ९४ लाख ९२ हजार रुपैंया भन्दा बढीको सेयर किनबेच भएको छ ।

प्रकाशित : २ चैत्र २०७९, बिहीबार १५:४८