नेप्सेमा प्रभु बैंकको शेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा प्रभु बैंकको शेयर सुचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा प्रभु बैंकको १० करोड कित्ता बढी शेयर सुचिकृत भएको छ। प्रभु बैंकले सेन्चुरी कमर्शियल बैंकलाई १:१ अनुपातमा गाभेपछि सेन्चुरीको तर्फबाट आई प्रभु बैंकको नाममा कायम भएको १० करोड ७७ लाख १ सय ९८ दशमलव ८५ कित्ता शेयर सुचिकृत भएको हो ।

प्रभु बैंकको यस अघि सुचिकृत १३ करोड ५३ लाख ४७ हजार ६ सय ९९ कित्ता शेयर र आज सुचिकृत भएको १० करोड ७७ लाख १ सय ९८ दशमलव ८५ कित्ता शेयर सहित प्रभु बैंकको कुल सुचिकृत शेयर संख्या २३ करोड ५४ लाख २४ हजार ८ सय ९९ कित्ता पुगेको छ । कम्पनीको शेयर PRVU सिम्बलबाट कारोबार हुने छ । सेन्चुरीको सूचीकरण भने खारेज भएको छ ।

प्रकाशित : 15 March, 2023 1:26 pm