ऋण तिर्न नसक्ने व्यवसायीको ऋण मिनाहा हुनु पर्छः दुर्गा प्रसाई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

ऋण तिर्न नसक्ने व्यवसायीको ऋण मिनाहा हुनु पर्छः दुर्गा प्रसाई



काठमाडौं । व्यवसायी दुर्गा प्रसाई ऋण तिर्न नसक्ने व्यवसायीहरुको ऋण मिनाहा गर्न सरकारसंग माग गरेका छन् ।
आज मंगलबार काठमाडौंमा आयोजीत लघुवित्तिय संस्थाहरूको ज्याद्दती विरुद्ध भन्दै आयोजना गरिएको विरोध प्रदर्शनमा बोल्दै उनले ऋण तिर्न सक्नेहरुको लागि नभई निमुखाहरुको लागि ऋण मिनाह गर्न आग्रह गरेका हुन् ।

उनले भने, ‘सबै सहकारी,लघुवित्त र बैंकहरु राष्ट्रियकरण हुनुपर्छ । राष्ट्रले सबै जफत गरेर सबैको ऋण मिनाहा हुनुपर्छ । तपाई टाई लगाएर हिड्नेहरुले तिर्न सक्नु हुन्छ भने तिर्नुस तपाईहरुले तिर्न पाउनुहुन्छ । हैसियत भएका ५५ जना व्यापारी र सामन्तहरुको लागि मैले आन्दोलन गरेको हैन् ।’

सबै सहकारी,लघुवित्त र बैंकहरु राष्ट्रियकरण हुनुपर्ने त्यसलाई जफत गरेर सबैको ऋण मिनाहा गर्नुपर्ने उनको भनाई छ ।
उनले अब गणतन्त्रको अन्त्य हुन लागेको तर्क गरे । ‘सबै नेताहरुको अब लगभग लगभग गणतन्त्रको अन्त्य भईसकेको छ । तपाईहरुको गणतन्त्रले आज काहीलाई माईतिघरमा आएर बास बस्ने बनायो । तपाईहरुको गणतन्त्रको फल यहि हो ।’

प्रकाशित : ३० फाल्गुन २०७९, मंगलवार १६:५५