नेप्सेमा झिनो अंकको सुधार, एक अर्ब १३ करोडको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा झिनो अंकको सुधार, एक अर्ब १३ करोडको कारोबार



काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार झिनो अंकले उकालो लागेको छ । आज बजार १.८५ अंकले बढेर परिसूचक १९५३.०६ बिन्दुमा पुगेर रोकिएको हो। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.१७ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.०८ अंकले बढेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स ०.१० अंकले घटेको छ ।

आज कारोबार भएका २५५ कम्पनीको ३३ लाख १८ हजार १०८ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब १३ करोड ५९ लाख २५ हजार ३५७ रुपैयाँको सेयर कारोबार भएको छ । सेयर बजारमा झिनो सुधार देखिदा अधिकांश समूहको उपसूचक बढेको छ । जसमा विकास बैंक १२.८८, वित्त १६.१८, होटल १९.९५, जलविद्युत १८.९७, जीवन बीमा ६.८८, , निर्जीबन बीमा ४७.६१, अन्य समूहको ६.२१ अंकले बढेको छ । त्यस्तै, बैंकिङ समूहको ३.९४, उत्पादन तथा प्रशोधन २३.३८, माइक्रोफाइनान्स १४.४५ ट्रेडिङ समूहको उपसूचक ५०.३७ अंकले घटेको छ ।

नेप्सेका अनुसार आज शुभम पावर र युनिक नेपाल लघुवित्त वित्तिय संस्थाको सेयरमुल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । साथै, एनआइसी एसिया ब्यालेन्स फण्डका लगानीकर्ताहरुले भने सर्वाधिक गुमाएका छन् । कारोबारको आधारमा आज सबैभन्दा बढी एनआइसी एशिया बैंकको भएको छ । यस कम्पनीको आज १० करोड ४८ लाख २४ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : 14 March, 2023 3:24 pm