काठमाडौं । नेप्सेले २ कम्पनीको बोनस सेयर समायोजन गरेको छ । नेप्सेले सोमबार कृषि विकास बैंकको २ प्रतिशत र स्वरोजागर लघुवित्तको २२ प्रतिशत बोनस सेयर समायोजन गरेको हो।
जसमा कृषि विकास बैंकको बोनस सेयर समायोजनपछिको मुल्य नेप्सेले २९३ रुपैयाँ १४ पैसा निर्धारण गरेको छ। बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई २ प्रतिशत बोनस सेयर र कर सहित ११ प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्दैछ ।
यस्तै, स्वरोजागर लघुवित्तको बोनस सेयर समायोजनपछिको मुल्य नेप्सेले ६६३ रुपैयाँ ९३ पैसा निर्धारण गरेको छ । गत आर्थिक वर्षको नाफाबाट २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१५७ प्रतिशत नगद लाभांश बितरण गर्दैछ । आज यी कम्पनीको सेयर कारोबार समायोजित मुल्यलाई आधार मानेर खुला हुनेछ ।





Comment