सिटिजन्स बैंक र सी जी फिन्को बिच सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

Feature News

सिटिजन्स बैंक र सी जी फिन्को बिच सम्झौता



काठमाडौ १३ माघ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सी जी फिन्को प्राÞ लि बिच आन्तरिक विप्रेषण कार।ेबार गर्नका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत श्री गणेशराज पोखरेल र  सी जी फिन्को प्रा लि का तर्फवाट  सहायक महाप्रवन्धक  नर बहादुर के सीूले हस्ताक्षर  गरे ।

सम्झौता अनुरुप सी जी फिन्को मार्फत प्राप्त आन्तरिक विपे्रषण यस बैंकका सम्पूर्ण शाखाहरुबाट छिटो, छरितो तथा भरपर्दो रुपमा भुक्तानी पाउन सकिनेछ । साथै बैंकले आफ्ना सम्पूर्ण शाखाहरुबाट  सी जी फिन्कोका देशैभरि फैलिएर रहेका सहायक प्रतिनिधिहरु मार्फत भुक्तानी पाउनेगरी आन्तरिक विपे्रषण पठाउन समेत सक्नेछ ।

यस अघि पनि बैंकले स्वदेशका विभिन्न विपे्रषण कम्पनीहरुसंग सहकार्य गरि आफ्नो सम्पूर्ण शाखाहरुबाट वेस्र्टन यूनियन, मनिग्राम, आइ.एम.ई, प्रभु मनि, हिमाल रेमिट, सिटि एक्सप्रेस, रिलायबल रेमिट, जे.एम.ई, नेपाल रेमिट, इजिलिङ्क, बेष्ट रेमिट, पृथ्वि एक्सप्रेस, सम्सारा, सेवा एक्सप्रेस, सिजि मनि, आइपे रिलायबल , बुम रेमिट र ओभरसिज रेमिट बाट आएको विपे्रषण रकमको भुक्तानी गर्दै आइरहेको छ । यसको साथ साथै बैकले निकट भविष्यमा पनि अन्य विभिन्न मुलुकमा रहेको विभिन्न विप्रेषण कम्पनीहरु संग सम्झौता गरि विप्रे्रषण सेवालाइ विस्तार गर्दै लैजाने योजना राखेको छ ।

प्रकाशित : 26 January, 2017 12:12 pm