विकास बैंकहरुको ब्याजदर घटाउने निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

विकास बैंकहरुको ब्याजदर घटाउने निर्णय



काठमाडौं । डेभलपमेन्ट बैंकर्स संघले विकास बैंकहरुको ब्याजदर घटाउने निर्णय गरेको छ। संघको बैठकले चैत १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाउने निर्णय गरेको हो।

संघले मुद्दती निक्षेपसँगै बचत खाताको ब्याज दरसमेत घटाउने निर्णय गरेको छ । साथै संघले मुद्दती निक्षेपको ब्याजदर घटाउँदै वर्गीकरण गर्ने निर्णय पनि गरेको छ।

एक वर्षदेखि माथिको मुद्दतीमा एउटा र एक वर्षभन्दा कमको मुद्दतीमा अर्कोथरि ब्याज दिने निर्णय गरिएको छ। अहिलेसम्म बैंक तथा वित्तीय संस्थाहरुले मुद्दती निक्षेपको ब्याज जतिसुकै समय अवधिको भए पनि एउटै राख्दै आएका थिए।

अहिले विकास बैंकले मुद्दती निक्षेपमा ११.७५ प्रतिशत ब्याज दिँदै आएका विकास बैंकहरुले एक वर्षदेखि माथिको ब्याज दर ०.१५ प्रतिशत विन्दुले घटाएर ११.६० प्रतिशत दिने निर्णय गरेका छन्।

एक वर्षभन्दा कमको ब्याजदर ०.२५ प्रतिशत विन्दुले घटाएर ११.५० प्रतिशत कायम गर्ने निर्णय गरेका हुन्। बचत खाताको ब्याज पनि घटाइएको छ।

बचतको ब्याज साबिकभन्दा ०.१५ प्रतिशत विन्दुले घटाएर ६.६ प्रतिशत कायम गर्ने निर्णय गरेको हो। यो न्यूनतम ब्याज हो। बचतमा विकास बैंकहरुले अधिकतम ८.६ प्रतिशतसम्म ब्याज दिनेछन्।

प्रकाशित : २९ फाल्गुन २०७९, सोमबार १७:०३