काठमाडौं । साताको दाेस्राे कारोबार दिन साेमबार सेयर बजारमा दोहोरो अंककाे गिरावट आएको छ । आज बजार २४.६८ अंकले घटेर परिसूचक १९०५१.२१ बिन्दुमा पुगेर बन्द भएको हो। २५६ कम्पनीको ३३ लाख ६९ हजार १३६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १६ करोड २५ लाख ३ हजार ५१५ रुपैयाँको सेयर कारोबार भएको छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। जसमा बैंकिङ समूहको उपसूचक २०.३६, विकास बैंक ३७.२२, वित्त कम्पनी १३.८९, होटल २५.१०, जलविद्युत १६.३५, जीवन बीमा १६५.०१, उत्पादन तथा प्रशोधन ४४.१२, माइक्रोफाइनान्स ६०.८४, निर्जीबन बीमा ८२.७४, अन्य १३.७४ र ट्रेडिङ समूहको उपसूचक ३०.६१ अंकले घटेको छ ।
नेप्सेका अनुसार आज शुभम पावर कम्पनीको सेयरमूल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । साथै, खप्तड लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले भने सर्वाधिक गुमाएका छन् । कारोबार रकमका आधारमा आज एनआईसी एशिया बैंकको सबैभन्दा बढी भएको छ । कम्पनीको आज ६ करोड २४ लाख ५६ हजार रुपैंया भन्दा बढीको सेयर किनबेच भएको छ ।
Comment