काठमाडौं, १३ माघ । टुरिजम डेभलपमेन्ट बैंक शतप्रतिशत(१ बराबर १ अनुपात) हकप्रद निष्कासनको लागि नेपाल धितोपत्र बोर्ड पुगेको छ । बैंक गत माघ ११ गते नै सो मात्राको हकप्रद निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको हो ।
बैंकले ९१ करोड ९७ लाख ७१ हजार २०० रूपैयाँको ९१ लाख ९७ हजार ७१२ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको छ । उक्त सेयर निष्कासनको लागि बैंकले एनआइविएल क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रवन्धकमा नियूक्त गर्ने भएको छ ।
अब बोर्डको अनुमति पाए पश्चात बैंकले सो मात्राको हकप्रदको बिक्री खुल्ला गर्ने छ ।
Comment