हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारणसभा आह्वान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारणसभा आह्वान



काठमाडाैं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले चैत्र २९ गते काठमाडौँको बानेश्वर ब्यान्क्वेटमा साधारणसभा सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले २.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.१४ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र ३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र २ गतेसम्म कायम शेयरधनीले मात्र सभाम भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

प्रकाशित : 12 March, 2023 11:40 am