काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा शुक्रबार नबिल बैंकको करिब सवा ४ करोड कित्ता सेयर थपिएको छ।
नेप्सेमा नबिल बैंकको बोनस सेयर थपिएको हो। नबिल बैंकको ४ करोड २२ लाख ४० हजार ८८१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
नबिल बैंकले आर्थिक वर्ष २०७८/७९का लागि सेयरधनीहरुलाई कुल ३० प्रतिशत लाभांश वितरण गरेको थियो। जसमा १८।५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद लाभांश ९करसहित० छन्।
सोही १८.५ प्रतिशतले हुन आउने बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।





Comment