काठमाडौं। सर्वोत्तम स्टिल लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ। कम्पनीले जारी पुँजीमध्ये १२.६६३ प्रतिशत आईपीओ बिक्री गर्ने भएको हो। कम्पनीले आईपीओ निकाष्शन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ।
बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा सर्वोत्तम स्टिलका प्रमुख कार्यकारी अधिकृत आनन्द नेपाल र प्रभु क्यापिटलका प्रबन्ध सञ्चालक दिनेश थकालीेले हस्ताक्षर गरेका छन्।
सौरभ ग्रुपद्वारा सञ्चालित सर्वोत्तम स्टिलले विभिन्न प्रकारका गुणस्तरीय डन्डी तथा बिलेटहरुको उत्पादन गरी बिक्री वितरण गर्दे आइरहेको छ।





Comment