आत्मनिर्भर लघुवित्तको आइपीओ बाँडफाँटको मिति तय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आत्मनिर्भर लघुवित्तको आइपीओ बाँडफाँटको मिति तय



काठमाडौं । आत्मनिर्भर लघुवित्तको आइपीओ बाँडफाँटको मिति तय भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार आइतबार आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हाे ।

आइपीओमा मागभन्दा १०४.९० गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुने जनाइएकाे छ । यसमा १६ लाख ९ हजार ५८६ जनाले कुल १ करोड ७८ लाख ८ हजार कित्ताको लागि आवेदन दिएका छन् । जसमा १६ हजार ९७५ जनाले मात्र सेयर हात पार्नेछन् ।

बाँकी १५ लाख ९२ हजार ६११ जनाको भने हात खाली हुनेछ । कम्पनीले फागुन ११ गतेदेखि १५ गतेसम्म २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको २ लाख ३ हजार ३८० कित्ता सेयर निष्कासन गरेको थियो । यसमध्ये १० प्रतिशत अर्थात् २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरिसकेको छ ।

यस्तै, जारी पुँजीको ०.५ प्रतिशत अर्थात् ३ हजार ११७ कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात् १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो । बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्ने ब्यवस्था थियो ।

प्रकाशित : २५ फाल्गुन २०७९, बिहीबार १८:०२