काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको सेयर सूचिकृत छ। नेप्सेमा प्राइम लाइफ इन्स्योरेन्स र बुटवल पावर कम्पनीको ५२ लाख ४० हजार ८७८.२५ कित्ता बोनस सेयर सूचीकृत भएको हो।
जसमा प्राइम लाइफको ३६ लाख १३ हजार ५००.२५ कित्ता र बुटवल पावरको १६ लाख २७ हजार ३७८ कित्ता बोनस सेयर रहेका छन्। यी दुवैले आर्थिक वर्ष २०७८/७९का लागि वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ।
उक्त आर्थिक वर्षका लागि प्राइम लाइफले १३ प्रतिशत र बुटवल पावरले ५ प्रतिशत बोनस सेयर सेयरधनीहरुलाई वितरण गरेका थिए।
Comment