काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले बढेको छ । आज बजार ५०.०४ अंकले बढेर परिसूचक २००२.७० बिन्दुमा पुगेर रोकिएको हो। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ९.२७ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ३.५७ अंकले बढेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स ३.२१ अंकले बढेको छ ।
आज कारोबार भएका २६२ कम्पनीको ४५ लाख ६६ हजार ४३ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ५६ करोड ५५ लाख ५८ हजार ८०२ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा सबै समूहको उपसूचकमा हरियाली छाएको छ । जसमा बैंकिङ समूहको २३.५४, विकास बैंक १०५.४२, वित्त ५६.८४, होटल ६६.६१, जलविद्युत ९०.०४, जीवन बीमा ३१३.७४, उत्पादन तथा प्रशोधन १०९.७३, निर्जीबन बीमा २५२.७६, अन्य समूहको ३१.२१ र ट्रेडिङ समूहको उपसूचक ४३.५६ अंकले बढेको छ ।
नेप्सेका अनुसार आज शुभम पावर कम्पनीको सेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । साथै, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ का लगानीकर्ताहरुले भने सर्वाधिक गुमाएका छन् । कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम सिमेन्टको भएको छ । यस कम्पनीको आज ७ करोड ८५ लाख ८८ हजार भन्दा बढीको कारोबार भएको छ ।
Comment