काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ। संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
बैठकले संस्थाको उक्त आर्थिक वर्षको नाफा/नोक्सान तथा नगद प्रवाहलगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी स्वीकृत गरेको छ।
उक्त वित्तीय विवरण अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय पनि बैठकले गरेको छ। यसअघि कम्पनीले आर्थिक वर्ष २०७७/७८ नाफाबाट मात्र २१ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।





Comment