काठमाडौं । सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारीमा समस्या नरहेको बताए । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै सहकारीको नाममा गलत काम गरेकाले समस्या आएको बताए ।
‘सहकारीका सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ, ती सहकारी होइन, बदनाम गरिरहेका छन्’ उनले भने ।
देशैभरी सेवाकेन्द्र खोलेर बजार प्रतिनिधि चिनेको भरमा करोडौं बचत राख्ने गरिएको र लगानी आफ्नो स्वार्थ अनुकुल खोलिएका कम्पनीमा लगानी गर्दा समस्या आएको उनले बताए । विश्वमै आएको समस्या नेपाली वित्तीय क्षेत्रमा पर्नुु स्वभाविक भए पनि सहकारीमा त्यसको असर नपरेको उनले बताए ।
सहकारी बिग्रिने, बिगार्ने ५० प्रतिशत भन्दा बढी जिम्मेवारी प्रमुख कार्यकारी अधिकृतको हुने उनले बताए । सिइओ भ्रष्ट भए, सहकारी बदनामी हुन्छ । सञ्चालकमा राजनीति हुन्छ । कर्मचारीमा विज्ञता हुन्छ, निर्णयमा सहयोग गर्ने र कार्यान्वयन गर्ने हो’ उनले भने ।
Comment