रेमिटलीबाट पठाएको पैसा अब सिधै आइएमई पे वालेटमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

रेमिटलीबाट पठाएको पैसा अब सिधै आइएमई पे वालेटमा



काठमाडौँ । रेमिटलीबाट पठाइएको रेमिट्यान्स अब नेपाली नागरिकले आइएमई पे वालेटमा सिधैं पाउन सक्ने भएका छन्।

यो सुबिधाले ग्राहकहरुलाई सहज तरिकाले आफ्नो विदेशमा रहेका परिवार तथा मित्रहरुले पठाएको पैसा पाउन मिल्ने उदेश्यका साथ विस्तार गरिएको कम्पनीले बताएको छ।

रेमिटली कम्पनीले रेमिट्यान्स सेवाका लागि विश्वव्यापी रूपमा मोबाइल फोन लगायत डिजिटल च्यानलहरू मार्फत सेवा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित : 8 March, 2023 11:12 am