काठमाडौं । धेरै दिन पछि सोमबार सेयर बजारमा हरियाली छाएको छ । आज बजार १४.४१ अंकले बढेर १९५२.६६ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स १.५३ अंकले बढेको छ भने फ्लोट इन्डेक्स १.०१ अंकले बढेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४९ अंकले बढेको छ ।
२६१ कम्पनीको ४० लाख ५९ हजार १४९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २० करोड ४४ लाख ९ हजार ४११ रुपैयाँको सेयर काराेबार भएको छ । त्यस्तै बजारमा सुधार आउँदा उत्पादन तथा प्रशोधन समूहको ४८.५७ अंकले घटेको छ भने बाकीं सबै समूहको उपसूचकमा बृद्धि भएको छ ।
बैंकिङ समूहको उपसूचक ६.५७, विकास बैंक ४०.८२, वित्त कम्पनी १९.१७, होटल समूह ३१.७५,जलविद्युत समूहको उपसूचक ४१.१५, जीवन बीमा ४४.२७, माइक्रोफाइनान्स समूहको उपसूचक १८.३६, निर्जीबन बीमा समूहको उपसूचक ८३.७४, अन्य समूहको ९.९३ र ट्रेडिङ समूहको उपसूचक १५.७५ अंकले बढेको छ ।
नेप्सेका अनुसार आज दुई कम्पनीको सेयरमूल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जसमा सुभम पावर लिमिटेड र सुपर मादी हाइड्रोपावर लिमिटेड रहेका छन् । साथै, सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने आज सर्वाधिक गुमाएका छन् ।
कारोबारको आधारमा आज सबैभन्दा बढी साल्ट टेडिङ कर्पोरेसनको भएको छ । यसको आज १२ करोड ७ लाख ८५ हजारभन्दा बढीको कारोबार भएको छ ।





Comment