एनएमबि बैंकलाई ४ अर्ब रुपैयाँको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डको अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

एनएमबि बैंकलाई ४ अर्ब रुपैयाँको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डको अनुमति



काठमाडौं । एनएमबि बैंकले ४ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बिहिबार वार्षिक १०.७५ प्रतिशत ब्याज दिने ‘एनएमबि डिबेन्चर १०.७५ प्रतिशत २०८९/९०’ नामको ऋणपत्र निष्काशन गर्ने अनुमति दिएको हो ।

बोर्डबाट अनुमति पाएसँगै बैंकले १ हजार रुपैयाँ अंकित दरका कूल ४० लाख इकाई ऋणपत्र बिक्री खुला गर्नेछ । कूल निष्काशनमध्ये २४ लाख इकाई व्यक्तिगत तबरबाट र १६ लाख इकाइ सर्वसाधारणलाई बिक्री गरिने बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ ।

प्रकाशित : २३ फाल्गुन २०७९, मंगलवार १३:२३