सेयर बजार घट्ने क्रम जारी, कारोबार रकममा भने सामान्य सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

सेयर बजार घट्ने क्रम जारी, कारोबार रकममा भने सामान्य सुधार



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार पनि सेयर बजार दोहोरो अंकले गिरावट आएको छ । आज सेयर बजार ३०.७७ अंकले घटेर परिसूचक १९३८.२५ बिन्दुमा पुगेर बन्द भएको हो।

२५९ कम्पनीको ३८ लाख ३२ हजार ४५९ कित्ता किनबेच हुँदा १ अर्ब ३९ करोड २३ ५४ हजार ८९३ रुपैयाँको सेयर कारोबार भएको छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। जसमा बैंकिङ समूहको उपसूचक १२.०८, विकास बैंक ४९.४०, वित्त कम्पनी २९.६९ होटल ६८.१०, जलविद्युत ५३.०४, जीवन बीमा १७३.३४, उत्पादन तथा प्रशोधन १४२.४५, माइक्रोफाइनान्स ८८.९०, निर्जीबन बीमा समूहको उपसूचक ६३.९५ अंकले घटेको छ ।

नेप्सेका अनुसार आज सुपर मादी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै, सामलिङ पावर कम्पनीको शेयरमूल्यमा भने सबैभन्दा बढी गिरावट भएको छ ।

कारोबार रकमका आधारमा हिमालयन डिस्ट्रिलरीको सबैभन्दा बढी भएको छ । कम्पनीको आज ८ करोड ४४ लाख १८ हजार ४५२ रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : २१ फाल्गुन २०७९, आईतवार १५:५१