जीवन विकास लघुवित्तकाे लाभांश संशोधन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

जीवन विकास लघुवित्तकाे लाभांश संशोधन



काठमाडौं । जीवन विकास लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ। यस अघि प्रस्ताव गरिएको २८ प्रतिशत बोनस सेयर र कर सहित ९.३७ प्रतिशत नगद लाभांश संशोधन गरेको हो ।

अब यसले सेयरधनीलाई चुक्ता पुँजी १ अर्ब ३ करोड ४२ लाख ८० हजार रुपैयाँको २६ प्रतिशत बोनस सेयर र कर सहित ७.१५ प्रतिशत लाभांश गरी कुल ३३.१५ प्रतिशत मात्र लाभांश दिने भएको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम लाभांश संशोधन गरिएको संस्थाले जनाएको छ । संशोधित लाभांश प्रस्ताव राष्ट्र बैंक र उक्त लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।

प्रकाशित : २१ फाल्गुन २०७९, आईतवार १४:१८