नेप्सेमा थपियाे १ करोड ३३ लाख बढी कित्ता बोनस सेयर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

नेप्सेमा थपियाे १ करोड ३३ लाख बढी कित्ता बोनस सेयर



काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा तीन कम्पनीको १ करोड ३३ लाख बढी कित्ता बोनस सेयर थपिएको छ। नेप्सेमा प्रभु बैंक, सेञ्चुरी कमर्सियल बैंक र आईसीएफसी फाइनान्सको १ करोड ३३ लाख ६२ हजार ३२२.५८ कित्ता बोनस सेयर सूचीकृत भएको हो।

जसमा प्रभु बैंकको ८२ लाख ६० हजार ६५७.७१ कित्ता, सेञ्चुरी कमर्सियल बैंकको ४५ लाख ३८ हजार १०६.८७ कित्ता र आईसीएफसी फाइनान्सको ५ लाख ६३ हजार ५५८ कित्ता बोनस सेयर छन्।

आर्थिक वर्षका लागि प्रभु बैंकले ६.५ प्रतिशत, सेञ्चुरी कमर्सियल बैंकले ४.७५ प्रतिशत र आईसीएफसी फाइनान्सले ५ प्रतिशत बोनस सेयर वितरण गरेका थिए। सोही बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।

प्रकाशित : २१ फाल्गुन २०७९, आईतवार १३:२२