सुपर मादी हाइड्रोपावरको कतिमा भयाे पहिलो सेयर कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

सुपर मादी हाइड्रोपावरको कतिमा भयाे पहिलो सेयर कारोबार ?



काठमाडौं । सुपर मादी हाइड्रोपावरको सेयर कारोबार आइतबारदेखि सुरु भएको छ । आज स्पेसल प्रि–सेसनमा हाइड्रोपावरको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएसँगै नियमित समयका लागि कारोबार खुलेको हो।

नेप्सेले यो कम्पनीलाई ‘एसएमएचएल’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सले प्रतिकित्ता न्यूनतम ९९.८० रुपैयाँ र अधिकतम २९९.४० रुपैयाँ ओपनिङ रेन्ज तोकेको थियो। आज प्रि–सेसनमा यो कम्पनीको सेयर प्रतिकित्ता २९९ रुपैयाँमा कारोबार भएको छ।

कम्पनीको १०० अंकित दरका कुल २ करोड १० लाख कित्ता सेयर नेपाल स्टक एक्सचेन्ज ९नेप्से०मा गत बिहीबार सूचीकृत भएको थियो। नेप्सेमा यो कम्पनीको संस्थापक समूहको १ करोड ७८ लाख ५० हजार कित्ता, स्थानीयको १० लाख ५० हजार कित्ता र सर्वसाधारणको २१ लाख कित्ता सेयर सूचीकृत भएको छ।

प्रकाशित : २१ फाल्गुन २०७९, आईतवार १२:४६