होली इभेन्टको टिकट खरिद गर्ने एउटै प्लेटफर्म आइएमई पे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

कर्पोरेट

होली इभेन्टको टिकट खरिद गर्ने एउटै प्लेटफर्म आइएमई पे



काठमाडौं। आइएमई पेले यो वर्षको होलीका लागि विभिन्न इभेन्ट आयोजकहरुसँग आबद्ध भई ती इभेन्टहरुको टिकट प्रदायकका रुपमा रहने जानकारी सार्वजनिक गरेको छ।

ग्राहकलाई आफ्नो मित्रजन तथा परिवारसँग होली मनाउन सजिलै टिकट उपलब्ध गराउने उद्देश्यका साथ आइएमई पेले होली इभेन्ट टिकटिङ सुविधा प्रदान गरेको हो। आइएमई पेमा ग्राहकले ३ फरक–फरक होली इभेन्टको टिकट प्राप्त गर्न सक्नेछन्।

यस्ता छन् इभेन्टहरु

कलरेल्ला, अन्नपूर्ण होटेल
कलर स्प्ल्यास, द मल्ल होटेल
होली फिएस्ता २०२३, सिद्धार्थ बुटिक होटेल

यी इभेन्टहरु क्रमशः रेडियो नागरिक, मेराकी इन्टरटेनमेन्ट, र अर्बन इन्टरटेनमेन्ट आयोजना गरेका हुन्। ग्राहकले आइएमई पेबाट टिकट खरिद गर्दा डोर सेल्सको टिकट मूल्यभन्दा थोरै मुल्यमा पाउन सक्नेछन्। टिकट खरिद गर्न, आइएमई पे एपको ‘इभेन्ट’ सेवाभित्र उपलब्ध छ।

प्रकाशित : २१ फाल्गुन २०७९, आईतवार १२:११