इङवा हाइड्रोपावरको आइपीओ निष्काशन, क कस्ले दिन पाउँछन् आवेदन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

इङवा हाइड्रोपावरको आइपीओ निष्काशन, क कस्ले दिन पाउँछन् आवेदन ?



काठमाडौं । इङवा हाइड्रोपावरले फागुन २१ गते आइतबारदेखि आइपीओ निष्काशन गरेको छ । यस कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री खुला गरेको हो ।

हाइड्रोपावरले स्थानीयलाई जारी पुँजी ६० करोड रुपैयाँको १० प्रतिशत अर्थात ६ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेको हो । हाइड्रोपवारले १०० रुपैयाँ अंकित मूल्यमा ६ लाख कित्ता सेयर निष्कासन गरेको हो ।

यसमा आयोजना अति प्रभावित क्षेत्र ताप्लेजुङ्ग जिल्लाको सिदिङ्गवा गाउपालिका वडा नं ३ र पाँचथर जिल्लाको यङपरक गाउपालिकाको वडा नं २ स्थानीय बासिन्दाहरुका लागि उक्त सेयर निष्कासन गरेको हो । त्यस्तै, सर्वसाधारणमा निष्कासन हुने १२ लाख कित्तामध्ये १० प्रतिशत अर्थात १ लाख २० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई छुट्याइएको छ ।

स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । यसमा चैत ५ गतेसम्म आवेदन दिन सकिनेछ । यद्दपि, स्थानीयले भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा चैत २० गतेसम्म आवेदन दिन पाउनेछन् । तर वैदेशिक रोजगारीमा रहेका नेपालीले भने चैत ५ गतेसम्म आवेदन दिनुपर्नेछ ।

स्थानीय बासिन्दाले नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक, लक्ष्मी बैंक, सिभिल बैंक, सप्तकोशी विकास बैंकका तोकिएका तोकेको शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

साथै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यो आइपीओमा नेपाल एसबिआई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

प्रकाशित : २१ फाल्गुन २०७९, आईतवार ११:४६