नेशनल माइक्रोफाइनान्सको लाभांश घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

बैंक / वित्त

नेशनल माइक्रोफाइनान्सको लाभांश घट्यो

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रस्तावित लाभांश ४.०५ प्रतिशतले घटेको छ । फागुन १८ गते बिहीबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले घटाएर लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

संसोधित लाभांश अनुसार अब लघुवित्तले चुक्ता पूँजीको ३४.४५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने छ । माघ ९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ३८.५० प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव गरी नेपाल राष्ट्र बैंकमा स्वीकृतीका लागि पठाएको थियो ।

राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुको लाभांश वितरणमा कडाई गर्दै साधारण जगेडा, ग्राहक संरक्षण कोष र संस्थागत सामाजिक उत्तरदायित्वमा राख्नुपर्ने रकम वृद्धि गरेपछि लघुवित्तको लाभांश घटेको हो ।

प्रकाशित : १९ फाल्गुन २०७९, शुक्रबार १६:०६ 3 March, 2023 4:06 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।