शनिवार पनि आरआरटीजीएस प्रणाली सुचारु रहने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

शनिवार पनि आरआरटीजीएस प्रणाली सुचारु रहने



काठमाडौं । फागुन २० गते शनिवार पनि आरआरटीजीएस प्रणाली सुचारु रहने भएको छ । शनिवार भए पनि नेपाल राष्ट्र बैंकले सुचना जारी गर्दै आरआरटीजीएस प्रणाली सुचारु रहने जनाएको हो ।

विकास ऋणपत्र २०७९ ‘क’ को व्याज भुक्तानीको लागि मिति २०७९/११/२० गते शनिवार बिहान १०:०० बजेदेखि १२:०० बजेसम्म च्त्न्क् प्रणाली संचालन हुने राष्ट्र बैंकले जनाएको छ।

आरटीजीएस भनेको रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटीजीएस) नामको भुक्तानी सेवा हो । यसमा भुक्तानीका लागि चेक आवश्यक पर्दैन। सेवाग्राहीले चेक नकाटी त्यसको सट्टामा एउटा निवेदनको आधारमा तत्कालै रकम भुक्तनी गर्न सकिन्छ।

आरटीजीएस प्रणालीमा २ लाखभन्दा बढीको भुक्तानी गर्न चेक काट्नु पर्दैन । यो प्रणाली भनेको एक बैंक खाताबाट अर्को बैंक खातामा वास्तविक समयमा रकमान्तर गर्ने स्वचालित विद्युतीय भुक्तानी प्रणाली हो ।

यस प्रणालीबाट हने कारोबार सामान्यतयाः केही मिनेटमै सम्पन्न हुन्छ । र्सवसाधारण ग्राहकको तर्फबाट प्राप्त भुक्तानी आदेशहरू बैंक तथा वित्तीय संस्थामा प्राप्त भएको ३० मिनेटभित्र सम्पन्न गरिसक्नु पर्ने व्यवस्था रहेको छ ।

प्रकाशित : १९ फाल्गुन २०७९, शुक्रबार १५:५९