राष्ट्र बैंकले १५ अर्ब ४ करोडको ट्रेजरी बिल जारी गर्दै, बोलकबोल कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

बैंक / वित्त

राष्ट्र बैंकले १५ अर्ब ४ करोडको ट्रेजरी बिल जारी गर्दै, बोलकबोल कहिले ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार १५ अर्ब ४ करोड रुपैयाँ बढीको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले फागुन २३ गते जारी हुने २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिलको बोलकबोल गर्ने भएको हो।

राष्ट्र बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँ, ९१ दिनका लागि ६ अर्ब ४ करोड ५० लाख रुपैयाँ र १८२ दिनका लागि ७ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यी ट्रेजरी बिल क्रमशः चैत २१ गते, २०८० वैशाख जेठ २३ गते र २०८० भदौ १९ गते परिपक्व हुनेछन्।

आइतबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट हुने ट्रेजरी बिल बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।

बोलकबोलमा सबैभन्दा बढी मूूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

प्रकाशित : 3 March, 2023 11:44 am