कृषि विकास बैंकले डाक्यो वार्षिक साधारण सभा, के के छन् एजेण्डा ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

बैंक / वित्त

कृषि विकास बैंकले डाक्यो वार्षिक साधारण सभा, के के छन् एजेण्डा ?



काठमाडौं । कृषि विकास बैंकले चैत १४ गते १६ औँ वार्षिक साधारण सभा डाकेको छ। सभा बैंकले आफ्नो केन्द्रिय कार्यालयको तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा बिहान ११ बजे बोलाएको हो।

सभाले हाल कायम चुक्ता पूँजीको २ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ११ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यसका साथै सभाले अविमोच्य असंचिति अग्राधिकार सेयरधनीहरुलाई ६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, सर्वसाधारण सेयधरनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले फागुन ३० गतेदेखि चैत १४ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार फागुन २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित : १९ फाल्गुन २०७९, शुक्रबार १०:५५