मोलुङ्ग हाइड्रोपावरको आइपीओ बाँडफाँट, कतिले पाए कम्पनीको सेयर ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

मोलुङ्ग हाइड्रोपावरको आइपीओ बाँडफाँट, कतिले पाए कम्पनीको सेयर ?



काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ आज (शुक्रबार)बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कायालय, कमलपोखरीमा आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले फागुन ४ गतेदेखि १० गतेसम्म सर्वसाधारणका लागि २२ लाख ६४ हजार ६५५ कित्ता सेयर निष्काशन गरेको थियो। सो आईपीओमा कुल १४ लाख २४ हजार ३५१ जनाले कुल १ करोड ५५ लाख ७९ हजार ८०० कित्ताका लागि आवेदन दिएका थिए। जसमध्ये १४ लाख १७ हजार ३४६ आवेदन स्वीकृत भएको छ भने ७ हजार ५ आवेदन रद्द भएको छ।

मागभन्दा बढी आवेदन परेकोले धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रणालीबाट सेयर बाँडफाँट गरिएको छ। जसअनुसार २ लाख २६ हजार ४६५ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। सोमध्ये भाग्यमानी ५ जनाले भने थप १ कित्ता अर्थात कुल ११ कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्।

प्रकाशित : १९ फाल्गुन २०७९, शुक्रबार १०:४२