सेयर बजारमा दोहोरो अंकको गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

सेयर बजारमा दोहोरो अंकको गिरावट



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको अन्तिम दिन आज बिहिबार दोहोरो अंकले घटेको छ । नेप्से २६.४८ अंकले घटेर १९६९.०१ बिन्दुमा पुगेर बन्द भएको हो।

बिहीबार २५६ कम्पनीको ३६ लाख ५७ हजार १५४ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ३३ करोड ६३ लाख ३३ हजार ९६४ रुपैयाँको कारोबार भएको छ ।

बिहीबार बजार दोहोरो अंकले घट्दा सबै समूहको उपसूचक राताम्मे भएको छ । कारोबारमा बैंकिङ समूहको उपसूचक १२.३६, विकास बैंक ३०.२१, वित्त कम्पनी २६.२२, होटल २०.७३, जलविद्युत ४०.३६, जीवन बीमा १२४.८५, उत्पादन तथा प्रशोधन ७०.६२, माइक्रोफाइनान्स १०१.२६, निर्जीबन बीमा ८३.४३, अन्य २०.८४ र ट्रेडिङ समूहको उपसूचक ४९.८७ अंकले घटेको छ ।

नेप्सेका अनुसार आज बुद्धभुमी नेपाल हाईड्रोपावर, युनिक नेपाल लघुवित्तको सेयरमुल्य बढेको छ भने ग्लोबल आइएमई लघुवित्त, स्वाभिमान लघुवित्त, नाडेप लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्।
कारोबारका आधारमा बिहीबार हिमालयन डिस्ट्रिलरीको सबैभन्दा बढी भएको छ । यस कम्पनीको ८ करोड १२ लाख ८६ हजार ८५४ रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : १८ फाल्गुन २०७९, बिहीबार १५:३९