मोलुङ हाइड्रोपावरको आइपीओ बाँडफाँडको मिति तय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

मोलुङ हाइड्रोपावरको आइपीओ बाँडफाँडको मिति तय



काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनीको आइपिओ शुक्रबार बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक सनराइज क्यापिटलले फागुन १९ गते शुक्रबार बिहान १० बजे क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गर्न लागेको हो ।

कम्पनीले फागुन ४ देखि फागुन १० गतेसम्म सर्वसाधारणलाई आइपिओ बिक्री खुला गरेको थियो। कम्पनीले कम्पनीमा कार्यरत कर्मचारीको लागि ५४ हजार ५ सय ७० कित्ता शेयर र सर्वसाधारणलाई २२ लाख ६४ हजार ६ सय ५५ कित्ता शेयर निष्काशन गरेको थियो ।

कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय, र विदेशमा रहेका नेपाली श्रमिकलाई शेयर निष्काशन गरि बाँडफाँड गरि सकेको छ । कम्पनीले ओखलढुंगामा ७ मेगावाटको मोलुङखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७४ चैत्र १२ गतेदेखि व्यापरिक उत्पादन गर्दै आईरहेको छ ।

प्रकाशित : १८ फाल्गुन २०७९, बिहीबार १५:००