स्वरोजगार लघुवित्तकाे साधारणसभा चैत ११ गते, यस्ता छन् एजेण्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

स्वरोजगार लघुवित्तकाे साधारणसभा चैत ११ गते, यस्ता छन् एजेण्डा



काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले १४ औँ वार्षिक साधारणसभा गर्ने भएको छ। संस्थाको सञ्चालक समितिको बैठकले सभा आगामी चैत ११ गते काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ः३० बजेबाट गर्ने निर्णय गरेको हो।

सभाले आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तावित चुक्तापुँजीको कुल २३.१५७९ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.१५७९ प्रतिशत नगद लाभांश छन्। सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृति गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले फागुन ३० गतेदेखि चैत ११ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन २९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो लघुवित्तको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रकाशित : १८ फाल्गुन २०७९, बिहीबार १४:४६