दुई कम्पनीको आइपीओ सूचिकृत, कतिमा खुल्छ पहिलो कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

दुई कम्पनीको आइपीओ सूचिकृत, कतिमा खुल्छ पहिलो कारोबार ?



काठमाडौं । बिहिबार नेप्सेमा शुभम पावर लिमिटेड र सुपर मादी हाइड्रोपावर लिमिटेडको सेयर सुचिकृत भएको छ। शुभम पावरको २० लाख कित्ता सेयर र सुपर मादी हाइड्रोको २ करोड १० लाख कित्ता सेयर सुचिकृत भएको हो । आज सेयर सुचिकृत भएसँगै आगामी आइतबारबाट यी सेयर खरिद बिक्री गर्न सकिने छ ।

नेप्सेले शुभम पावरको पहिलो कारोबारको लागि ८८.४८ रुपैयाँ देखि २६५.४४ रुपैयाँ सम्मको रेन्ज तोकिएको छ । यस रेन्ज बीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुनसक्ने छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ ।

अब आइतबारको स्पेसल प्रि ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको सेयर कारोबार हुने छ । कम्पनीको SPL सिम्बलबाट कारोबार हुने छ ।

त्यस्तै नेप्सेले सुपर मादी हाइड्रो पावरको पहिलो कारोबारको लागि ९९.८० रुपैयाँ देखि २९९.४० रुपैयाँ सम्मको रेन्ज तोकिएको छ । यस रेन्ज बीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुनसक्ने छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ ।

अब आइतबारको स्पेसल प्रि ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको शेयर कारोबार हुने छ । कम्पनीको SMHL सिम्बलबाट कारोबार हुने छ ।

प्रकाशित : १८ फाल्गुन २०७९, बिहीबार १३:१०