साल्ट ट्रेडिङ कर्पोरेसनले कमायो १ करोड ८८ लाख खुद नाफा, अन्य सूचक कस्तो छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

कर्पोरेट

साल्ट ट्रेडिङ कर्पोरेसनले कमायो १ करोड ८८ लाख खुद नाफा, अन्य सूचक कस्तो छ ?



काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड ८८ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ४७.७८ प्रतिशतले धेरै हो ।

गत वर्षको यसैअवधिमा यसले १ करोड २७ लाख ७९ हजार रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको बिक्री आम्दानी ३ अर्ब ५१ करोड रुपैयाँबाट घटेर ३ अर्ब ४५ करोडमा झरेको छ ।

यता, कर्पोरेसनको ब्याज खर्च पनि घटेको छ । जसका कारण यसको नाफा बढेको हो । ब्याज खर्च २५ करोड ६८ लाख रुपैयाँबाट घटेर १५ करोड ३५ लाख रुपैयाँ कायम भएको छ । यसको प्रशासनिक खर्च १० करोड ५ लाख रुपैयाँ रहेको छ ।

चुक्ता पुँजी २५ करोड ३५ लाख ३१ हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा भने १ अर्ब ३२ करोड ९१ लाख रुपैयाँ रहेको । पुस मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी ९वार्षिकीकरण० १४ रुपैयाँ ८६ पैसा रहेको छ। यसको प्रतिसेयर नेटवर्थ ४३३ रुपैयाँ ८५ पैसा छ।

प्रकाशित : १८ फाल्गुन २०७९, बिहीबार १२:३४