राष्ट्र बैंकले बैंकिङ प्रणालीमा २० अर्ब रुपैयाँ पठाउँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

बैंक / वित्त

राष्ट्र बैंकले बैंकिङ प्रणालीमा २० अर्ब रुपैयाँ पठाउँदै



काठमाडौं । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ। बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले १४ दिने रिपो जारी गर्न लागेको हो।

बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ। वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले आउँदो चैत २ गते परिपक्व हुने यो रिपो भोलि दिउँसो ३ बजे बोलकबोलमार्फत खरिद गर्न सक्नेछन्।

तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तरबैंक सापटी र स्थायी तरलता सुविधा ९एसएलएफ० प्रयोग गर्दछन्। यसअघि राष्ट्र बैंकले गत फागुन ३ गते ३० अर्ब रुपैयाँ र पुस १४ गते ५० अर्ब रुपैयाँको रिपो जारी गरेको थियो।

प्रकाशित : १८ फाल्गुन २०७९, बिहीबार १२:१६