बैंकहरुमा ४२ करोड ५० लाख रुपैयाँ लगानी गर्दै राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

बैंकहरुमा ४२ करोड ५० लाख रुपैयाँ लगानी गर्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा ४२ करोड ५० लाख रुपैयाँ लगानी गर्ने भएको छ। राष्ट्र बैंक कर्मचारी सुरक्षण कोषमा रहेको २४ करोड रुपैयाँ तथा उपदान तथा पेन्सन कोषमा रहेको १८ करोड ५० लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा मुद्दति निक्षेपमा लगानी गर्ने भएको हो।

केन्द्रीय बैंकले कर्मचारी सुरक्ष कोषमा रहेको रकममध्ये १९ करोड २० लाख रुपैयाँ, ३ करोड ६० लाख रुपैयाँ राष्ट्रियस्तरका विकास बैंक र १ करोड २० लाख रुपैयाँ वित्त कम्पनीमा मुद्दति निक्षेपमा लगानी गर्नेछ।

यसैगरी राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकममध्ये १४ करोड ८० लाख रुपैयाँ, २ करोड ७७ लाख ५० हजार रुपैयाँ राष्ट्रियस्तरका विकास बैंक र ९२ लाख ५० हजार रुपैयाँ वित्त कम्पनीमा मुद्दति निक्षेपमा लगानी गर्नेछ।

उक्त रकम आगामी चैत १ गतेदेखि २०८० चैत १ सम्म मुद्दति निक्षेपमा लगानी गरिने राष्ट्र बैंकले जनाएको छ। इच्छुक बैंकले फागुन १९ गते बेलुका ७ बजेसम्म प्रस्ताव पेस गर्न राष्ट्र बैंकले आग्रह गरेको छ।

प्रकाशित : १८ फाल्गुन २०७९, बिहीबार ११:१९