बिपिडब्लु लघुवित्तको आइपीओ निष्काशन,कति कित्तासम्म पाइन्छ भर्न ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बिपिडब्लु लघुवित्तको आइपीओ निष्काशन,कति कित्तासम्म पाइन्छ भर्न ?



काठमाडौं । बिहीबारदेखि सर्वसाधारणका लागि बिपिडब्लु लघुवित्तले आइपीओ निष्काशन गरेको छ । कम्पनीले जारी पुँजी ३ करोड रुपैयाँको २६.९८ प्रतिशतले हुन आउने ८० लाख ९५ हजार रुपैयाँ बराबरको आइपीओ निष्काशन गरेको हो ।

जसअनुसार प्रतिसेयर १ सय अंकित मूल्यमा ८० हजार ९५० कित्ता सेयर निष्कासन हुनेछ । यसमध्ये १० प्रतिशत अर्थात् ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरिसकेको छ । यस्तै, जारी पुँजीको ०.५ प्रतिशत अर्थात १ हजार ५०० कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात् १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।

बाँकी रहेको ५४ हजार ७५० कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । सर्वसाधारणले यसमा फागुन २३ गतेसम्म आवेदन दिन पाउनेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा भने चैत २ गतेसम्म पनि भर्न पाइनेछ ।

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन पाइनेछ । यो आइपीओमा मेगा क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

प्रकाशित : १८ फाल्गुन २०७९, बिहीबार १०:४२