डेभलपमेण्ट बैंकर्स एशोसिएसनमा नयाँ कार्यसमिति चयन हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

डेभलपमेण्ट बैंकर्स एशोसिएसनमा नयाँ कार्यसमिति चयन हुने



काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसनमा नयाँ कार्यसमिति चयन हुने भएको छ । वर्तमान अध्यक्ष मुक्तिनाथ विकास बैंकका सीईओ प्रद्युमन पोखरेलको कार्यकाल सकिन लागेकाले संघले नयाँ नेतृत्व चयन गर्न लागेको हो ।

पोखरेलको २०७७ चैतमा अध्यक्ष नियुक्त भएका थिए । नयाँ कार्यसमिति चयन गर्न एशोसिएसनले चैत ३ गते १७ औं वार्षिक साधारण सभा बोलाएको छ । होटल मेघौली सराई ताज सफारी, चितवनमा चैत ३ गते शुक्रबार दिउँसो १ बजे सभा आह्वान गरिऐको छ ।

सभाले आगामी दुईवर्षे कार्यकालका लागि नयाँ कार्यसमितिका पदाधिकारीहरू चयन गर्नेछ । यस्तै विधान संशोधन गर्ने, गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्नुका साथै अन्य विविध प्रस्तावहरु समेत सभाले पारित गर्नेछ ।

प्रकाशित : १७ फाल्गुन २०७९, बुधबार १६:२२