सेयर बजारको ओरालो यात्रा कायमै, बजार २४.४४ अंकले घट्दा १ अर्ब २८ करोडकाे काराेबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारको ओरालो यात्रा कायमै, बजार २४.४४ अंकले घट्दा १ अर्ब २८ करोडकाे काराेबार



काठमाडौं । बुधबार पनि सेयर बजारको ओरालो यात्रा कायमै रहेको छ । आज नेप्से परिसूचक २४.४४ अंक घटेर १९९५.४९ बिन्दुमा पुगेर बन्द भएको हो । बुधबार २५७ कम्पनीको ३७ लाख २९ हजार ९७६ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब २८ करोड ८३ लाख ६३ हजार ४२४ रुपैयाँको कारोबार भएको छ ।

आज कारोबार भएका सबै समूहको उपसूचक राताम्मे बनेका छन् । बैंकिङ समूहको उपसूचक ७.६३, विकास बैंक ५१.४५, वित्त कम्पनी १०.५७, जलविद्युत ३४.९५, जलविद्युत ३४.९५, जीवन बीमा १५६.८१, उत्पादन तथा प्रशोधन १११.२०, माइक्रोफाइनान्स १०४‍.६७, निर्जीबन बीमा ९७.६२, अन्य १९.११ र ट्रेडिङ समूहको उपसूचक २७.७१ अंकले घटेको छ ।

नेप्सेका अनुसार आज आदर्श लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । साथै, बोटलर्स नेपाल तराई लिमिटेडका लगानीकर्ताले भने सर्वाधिक गुमाएका छन् ।

कारोबार रकमका आधारमा अप्पर तामाकोशी हाईड्रोपावरको सबैभन्दा बढी भएको छ । यसको आज ८ करोड ७२ लाख ३७ हजार ८५ रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : १७ फाल्गुन २०७९, बुधबार १५:४३