नेप्सेमा दुई कम्पनीको बोनस सेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सुचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा दुई कम्पनीको बोनस सेयर सुचिकृत भएको छ । बुधबार नेप्सेमा सानिमा बैंक र सीवाईसी नेपाल लघुवित्तको बोनस सेयर सुचिकृत भएको हो ।

सानिमा बैंकको १० प्रतिशतले हुन आउने १ करोड १३ लाख १७ हजार ३ सय ७७ दशमलव ३३ कित्ता बोनस सेयर र सीवाईसी नेपाल लघुवित्तको ३० प्रतिशतले हुन आउने ३ लाख ६४ हजार ९ सय २५ दशमलव ५१ कित्ता बोनस सेयर सुचिकृत भएको हो ।

सेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी सेयर खरिद बिक्री गर्न सक्ने छन् ।

प्रकाशित : १७ फाल्गुन २०७९, बुधबार १३:४७