सूर्योदय वोमी लघुवित्तले १५ प्रतिशत बोनस सेयर दिने घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सूर्योदय वोमी लघुवित्तले १५ प्रतिशत बोनस सेयर दिने घोषणा



काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले बोनस सेयर घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित बोनस सेयर नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ । साविकको सूर्योदय लघुवित्त र वोमी लघुवित्त मर्ज भएर सूर्योदय वोमी लघुवित्तको नामका २०७८ चैत १२ गतेबाट एकीकृत कारोबार भएको थियो ।

उक्त मितिबाट २ वर्षसम्म लाभांशमा कर छुट हुने व्यवस्था रहेका कारण नगद लाभांश प्रस्ताव नगरिएको कम्पनीले जानकारी गराएको छ । यद्दपि, एकीकृत कारोबार भएको मितिपछि सेयर खरिद गरेर कायम रहेका सेयरधनीहरुले भने लाभांश करबापतको रकम आफैं भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित : १७ फाल्गुन २०७९, बुधबार ११:३५